images

२०८३ आश्विन १६ गते

images
images
images

एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं -। एभरेस्ट बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

    images
    images

    उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिएको हो । उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराइएको छ । 

    त्यस्तै युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना,  सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend