images

२०८३ आश्विन १६ गते

images
images
images
  • बजार
  • बजारमा लसुनको भाउ बढ्यो, किलोको कति...

बजारमा लसुनको भाउ बढ्यो, किलोको कति ?

बजारमा लसुनको भाउ बढ्यो, किलोको कति ?

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।

    images
    images

    सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेको हो । हिजो आइतबार किलोको २ सय २५ रुपैयाँमा कारोबार भएको लसुन आज भने २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    सरकारले चिनियाँ लसुन आयातमा कडाइ गरेपछि पछिल्लो दुई महिनामा लसुन आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने गएको ७ महिना अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको छ । त्यस्तै फागुन महिनामा ४ करोड ५९ लाख रुपैयाँको लसुन आयात भएको छ ।

    images
    images

    त्यसैगरी कालीमाटीमा ससकेको चिनियाँ लसुनको भाउ आज सोमबार किलोमा ४० रुपैयाँ बढेर ३ सय १० मा किनबेच भइरहेको छ । हिजो आइतबार किलोको २ सय ७० रुपैयाँ थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend