images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • वैशाख ३ गते राष्ट्रिय जीवन...

वैशाख ३ गते राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारण सभा

वैशाख ३ गते राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो साधारण सभा

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले साधारण सभा आउँदो वैशाख ३ गते आयोजना गर्ने निर्णय गरेको हो। 

    images
    images

    सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

    सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदनका साथै आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ। 

    images
    images

    सभाले आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend