images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बजारमा प्रतिकिलो तीन सय रूपैयाँले...

बजारमा प्रतिकिलो तीन सय रूपैयाँले बढ्यो कुरिलो

बजारमा प्रतिकिलो तीन सय रूपैयाँले बढ्यो कुरिलो

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । बजारमा कुरिलोको मूल्य बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अुनसार शनिबारदेखि कुरिलोको मूल्य बढ्न थालेको हो।शनिबार कालीमाटी बजारमा कुरिलोको मूल्य प्रतिथोक मूल्य न्यूनतम ८ सयदेखि अधिकतम एक हजार रूपैयाँमा कारोबार भइरहेको थियो।

    images
    images

    आइतबार पनि सोही मूल्य कायम छ। यो शुक्रबारको तुलनामा प्रतिकिलो तीन सय रूपैयाँ बढी हो। शुक्रबार कुरिलो प्रतिथोक मूल्य न्यूनतम पाँच सयदेखि अधिकतम एक हजार रूपैयाँसम्म कारोबार भइरहेको थियो। बजारमा कुरिलोको आएको परिमाणको आधारमा मूल्य घटबढ हुन्छ। बजारमा धेरै कुरिलो आएको छ भने मूल्य घट्छ भने थोरै आएको छ भने मूल्य बढ्छ।

    आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।कुरिलो व्यवसायीहरूका अनुसार कुरिलो गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुँदै जानेछ।कुरिलो एक प्रकारको औषधिजन्य वनस्पती हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।  

    images
    images

    कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend