images

२०८३ आश्विन २४ गते

images
images
images

बजारमा अम्बाको भाउ घट्यो,प्रतिकिलो कति ?

बजारमा अम्बाको भाउ घट्यो,प्रतिकिलो कति ?

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । बजारमा अम्बाको भाउ घट्दा किवीको भने बढेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अम्बाको भाउमा गिरावट आएको देखाएको हो ।

    images
    images

    आइतबार अम्बाको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । शनिबार भने किलोको एकैचोटि १ सय ९० रुपैयाँ पुगेको थियो । शनिबारको तुलनामा आइतबार अम्बाको भाउ ८० रुपैयाँ घटेको हो ।

    किवीको मूल्य कति ?

    images
    images

    यसैगरी आइतबार बजारमा किवीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार किवीको थोक मूल्य प्रतिकिलो १५० रुपैयाँ बढेको हो ।

    शनिबार २ सय ७६ रुपैयाँमा किनबेच भएको किवी आज आइतबार किलोको ४ सय २६ रुपैयाँ कायम भएको छ ।

    व्यवसायीहरुका अनुसार बजारमा नेपाली किवी सकिएको छ । अब भने चीन र भारतबाट किवी आयात भइरहेको हुँदा मूल्य बढेको उनीहरू बताउँछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend