काठमाडौं । बजारमा कुरिलोको मूल्य घट्न थालेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।१५ दिन अघिको तुलनामा कुरिलोको मूल्य प्रतिथोक चार सयदेखि पाँच सय रूपैयाँले घटेको छ।
तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा कुरिलो प्रतिथोक मूल्य न्यूनतम पाँच सयदेखि अधिकतम एक हजार रूपैयाँ छ।१५ दिन अघि बजारमा कुरिलो प्रतिथोक मूल्य न्यूनतम नौ सय रूपैयाँदेखि अधिकतम एक हजार एक सय रूपैयाँसम्म कारोबार भएको थियो।
माघदेखि नै बजारमा थोरै परिमाणमा कुरिलो बजारमा आइरहेको छ। सुरूआति चरणमा कुरिलो थोक मूल्य न्यूनतम प्रतिकिलो १२ सयदेखि १८ सय रूपैयाँसम्म थियो।अहिले बजारमा कुरिलोको आपूर्ति बढेकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्। आपूर्तिका आधारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।
कुरिलो व्यवसायी राज कुमारका अनुसार कुरिलोको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो थप सस्तो हुँदै जानेछ।कुरिलो एक प्रकारको औषधिजन्य वनस्पती हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।
कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ। कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ। कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।




.gif)





