images

२०८३ कार्तिक ७ गते

images
images
images
  • शेयर
  • शेयरमा लगानीका लागि २० करोडको सीमा...

शेयरमा लगानीका लागि २० करोडको सीमा खारेज, १५ करोड यथावत्

शेयरमा लगानीका लागि २० करोडको सीमा खारेज, १५ करोड यथावत्

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौँ- संस्थागत लगानीकर्ताका लागि शेयर बजारमा लगानी गर्न २० करोडभन्दा धेरै कर्जा दिन नपाउने व्यवस्था खारेज भएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था खारेज गरेको हो।

    images
    images

    मौद्रिक नीतिको बुँदा नम्बर ९५ मा उक्त व्यवस्थाबारे उल्लेख गरिएको छ। उक्त बुँदामा भनिएको छ, ‘मार्जिन ट्रेनिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ।’

    यो व्यवस्थाका कारण अहिले ब्रोकर कम्पनीहरूले मार्जिन कारोबार गर्न पाइरहेका थिएनन्। अन्य संस्थागत लगानीकर्ताहरूले समेत ऋण लिएर शेयर बजारमा लगानी गर्न पाइरहेका थिएनन्।

    images
    images

    यद्यपि व्यक्तिगत रूपमा गरिने कारोबारका लागि लिइने १५ करोडको सीमालाई भने परिवर्तन गरिएको छैन।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend