images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • सरकारको चैत २४ गते सार्वजनिक बिदा...

सरकारको चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय

सरकारको चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । सरकारले चैत २४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत सोमबार (चैत ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले रामनवमीका अवसरमा चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images
    images

    सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार, बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद भट्टलाई नियुक्त गरेको छ । यस्तै, ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा नरेशराज अर्याललाई नियुक्त गरेको छ ।

    यसैगरी, जनक शिक्षा सामाग्री केन्द्रको प्रवन्ध सञ्चालक पदमा यदुनाथ पौडेललाई नियुक्त गर्न सञ्चालन समितिलाई निर्देशन दिने निर्णय गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

    images
    images

    बैठकले नेपाली सेनातर्फ उपरथी पद एकमा विशेष बढुवा, सहायक रथी पद एकमा बढुवा र सहायक रथी पद एकमा पदावधि थप गर्ने निर्णय गरेको छ ।

    यस्तै, विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend