images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • इन्स्टाग्राम र फेसबुकमा रिल्स बनाएर फलोअर्स...

इन्स्टाग्राम र फेसबुकमा रिल्स बनाएर फलोअर्स बढाउने तरिका

इन्स्टाग्राम र फेसबुकमा रिल्स बनाएर फलोअर्स बढाउने तरिका

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । कन्टेन्ट क्रिएटरहरुले फेसबुक र इन्स्टाग्राममा रिल्स बनाएर लाखौं फलोअर्स हासिल गर्न सक्छन् ।यदि तपाईं पनि रिल्समार्फत् फलोअर्सको संख्या बढाउन चाहनुहुन्छ भने हामी ५ त्यस्ता गल्तीहरूको बारेमा बताइरहेका छौं, जसलाई तपाईंले कहिल्यै दोहोर्याउनु हुँदैन् ।

    images
    images

    १. उच्च गुणस्तरमा रिल्स बनाउनुहोस्

    रिल्स सधैं उच्च गुणस्तरमा बनाउन प्रयास गर्नुहोस् । कम गुणस्तरको वा ब्लर भिडियोहरू मानिसहरूले मन पराउँदैनन् । त्यसैगरी, अडियोको गुणस्तर पनि सफा र स्पष्ट हुन आवश्यक छ ।

    images
    images

    २. रिल्सको लम्बाइ कति हुनुपर्छ?

    रिल्स कम्तिमा ३० देखि ४५ सेकेन्डको बनाउनुहोस् । धेरै छोटो रिल्समा तपाईं पर्याप्त कन्टेन्ट राख्न सक्नुहुन्न र प्रयोगकर्तासम्म सम्पूर्ण जानकारी पुग्दैन् ।

    ३. ह्यासट्यागको सही प्रयोग गर्नुहोस्

    रिल्स अपलोड गर्दा ह्यासट्याग प्रयोग गर्न नबिर्सनुहोस् । यसले तपाईंको रिल्सलाई ट्रेन्डिङ बनाउन मद्दत गर्छ । तर, बिना कारण अनावश्यक ह्यासट्यागहरू राख्नबाट बच्नुहोस् । सधैं कन्टेन्टसँग सम्बन्धित ट्यागहरू मात्र प्रयोग गर्नुहोस् ।

    ४. नियमित रूपमा रिल्स पोस्ट गर्नुहोस्

    यदि तपाईं फलोअर्सको संख्या बढाउन चाहनुहुन्छ भने, नियमित रूपमा रिल्स पोस्ट गर्नुपर्छ । यदि तपाईं दिनमा कम्तिमा २–३ रिल्स पोस्ट गर्नुहुन्छ भने, प्रयोगकर्ताको इनगेजमेन्ट निरन्तर रहन्छ ।

    ५. कमेन्टहरूको जवाफ दिनुहोस्

    यदि तपाईं प्रयोगकर्ताको कमेन्टहरूको जवाफ दिनुहुन्छ भने, तपाईं र उनीहरूबीचको सम्बन्ध अझ मजबुत बन्छ । यसले तपाईंको विश्वसनीयता बढाउँछ र तपाईं प्रयोगकर्तालाई अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend