images

२०८३ आश्विन १८ गते

images
images
images

‘अञ्जिला’ले अहिलेसम्म कति कमायो ?

‘अञ्जिला’ले अहिलेसम्म कति कमायो ?

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौँं । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो ‘अञ्जिला’ २९ गते बिहीबारबाट प्रदर्शनमा आएको हो ।

    images
    images

    फिल्मले राम्रो व्यापार गरिरहेको निर्माण पक्षले बताएको छ। निर्माता प्रेम कुमार श्रेष्ठका अनुसार फिल्मले ३ दिनमा देशव्यापी २ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । त्यसपछिको व्यवसाय भने सार्वजनिक गरिएको छैन । 

    फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका हुन् । फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका छ । उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायत कलाकारको अभिनय छ । 

    images
    images

    फिल्मले एन्जिलाले फुटबलर बन्न गरेको संघर्ष र सफलताको कथा समेटेको छ । केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बू निर्माता छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend