images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा कहाँबाट आइरहेको छ आँप, कति...

बजारमा कहाँबाट आइरहेको छ आँप, कति पर्छ किलोको?

बजारमा कहाँबाट आइरहेको छ आँप, कति पर्छ किलोको?

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । बजारमा आँप आउन थालेको छ।करिब १५ दिनदेखि बजारमा आँप आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बाँनियाले जानकारी दिए।

    images
    images

    '१५ दिन भयो आँप आउन थालेको, तर खासै उपभोग छैन,' उनले भने।उनका अनुसार हाल चीन र भारतबाट आँप आइरहको छ। सिजन नभएकाले आँपको खपत भने न्यून रहेको उनी बताउँछन्।

    'आँप खाने ग्राहक अहिले एकदमै कम भएकाले व्यवसायीले आँप बेचेर नाफा पाउन सकेका छैनन्,' उनले भने। अहिले बजारमा आँप प्रतिथोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँ किलो छ। बजारमा खुद्रा उपभोक्ता मूल्य भने पाँच सय रूपैयाँसम्म तोकिएको छ। जेठ १५ देखि भने स्वदेशी आँप आउन सुरू हुनेछ। 

    images
    images

    त्यसपछि मूल्य पनि विस्तारै घट्दै जानेछ। व्यवसायीहरूका अनुसार स्वदेशी आँपको मुख्य सिजन जेठ १५ देखि साउन १५ सम्म हो।त्यसपछि फेरि भारतीय आँप आउन थाल्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend