images

२०८३ आश्विन २४ गते

images
images
images

बजारमा घट्यो आलुको मूल्य,प्रतिकिलो कति?

बजारमा घट्यो आलुको मूल्य,प्रतिकिलो कति?

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौँ । बजारमा आलुको मूल्य घटेको छ। आपूर्ति बढी भएकाले आलुको मूल्य घटेको कालीमाटीका होलसेल व्यवसायी दधिराज उप्रेतीले जानकारी दिए।

    images
    images

    ‘आलु अन्य तरकारी जस्तो धेरै घट्ने होइन। प्रतिकिलो दुईरतीन रुपैयाँले घट्दै जाने हो,’ उनले भने। उनका अनुसार आलुको मूल्य घट्न थालेको दुई/तीन महिना भयो। उक्त समयमा बजारमा आलु प्रतिकिलो होलसेल मूल्य ५५ देखि ६० रुपैयाँ थियो। अहिले घटेर न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँमा आएको छ।

    अहिले आलुको मुख्य सिजन हो। यो समयमा आन्तरिक उत्पादन बढ्नुका साथै भारतीय आलु पनि भित्रिरहेको छ। अहिलेको उत्पादन भएको आलु कलिलो हुने भएकाले कोल्डस्टोरमा राख्न मिल्दैन। त्यसैले सस्तो मूल्यमै पनि किसान आलु बेच्न तयार हुन्छन्।

    images
    images

    व्यवसायी दधिराजका अुनसार बजारमा आलु रातो, सेतो र नीलो गरी तीन प्रकारका आउँछन्।बजारमा रातो आलु प्रतिथोक मूल्य ३० देखि ३५, नीलो आलु २८ देखि २९ र सेतो आलु २५ देखि २६ रूपैयाँमा कारोबार भइरहेको छ।

    यो महिनाभरी आलु सस्तो हुनेछ भने वैशाख लागेपछि मूल्य बढ्दै जानेछ। हाल कालीमाटी बजारमा पाँचखाल, पनौती र त्रिशुलीको आलु बढी आउने गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend