images

२०८३ आश्विन १८ गते

images
images
images

‘अञ्जिला’ ले तीन दिनमा कमायो २ करोड ७ लाख

‘अञ्जिला’ ले तीन दिनमा कमायो २ करोड ७ लाख

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौँ । गत बिहीबार अर्थात् फागुन २९ देखि प्रदर्शन भएको फिल्म ‘अञ्जिला’ले तीन दिनमा २ करोड ७ लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले आइतबार फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन्।

    images
    images

    फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको साथ पाइरहेको छ। शनिबारको व्यापारपछि हलवालाले सो थपेको निर्देशक मिलन चाम्सले बताए। फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। फिल्ममा आफैंले मुख्य भूमिकामा अभिनय गरेकी छन्।

    बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। एञ्जिलासहित फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

    images
    images

    दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा चर्चित बनिरहेकाे छ। गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारले गाएका छन्। प्रभा बर्तौलाको शब्द रहेको गीतमा गायक थानेश्वरले नै संगीत भरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend