images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा सनफ्लावर र भटमासको तेलको...

बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढ्यो

बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढ्यो

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं ।  बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढेको छ।नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।बजारमा खाने तेल भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेल पाइन्छ।१५ दिन अघिको तुलनामा सनफ्लावर र भटमासको तेल प्रतिलिटर पाँच रूपैयाँले बढेको छ।

    फागुन १५ गते यी दुई प्रकारका तेल प्रतिलिटर दुई सय ५० रूपैयाँमा कारोबार भइरहेकोमा चैत १ मा आउँदा प्रतिलिटर दुई सय ५५ रूपैयाँ पुगेको छ।भुटेको तोरीको तेल र काँचो तोरीको तेलको मूल्य भने स्थिर छ। 

    images
    images

    अहिले बजारमा भुटेको तोरीको तेल प्रतिलिटर चार सय १० र काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ रूपैयाँमा कारोबार भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend