images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • मास र चनाको दालको मूल्य घट्यो,...

मास र चनाको दालको मूल्य घट्यो, प्रतिकिलो कति?

मास र चनाको दालको मूल्य घट्यो, प्रतिकिलो कति?

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । बजारमा रहर दालको मूल्य घटेको छ।नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।संघले प्रत्येक महिनाको १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।

    images
    images

    १५ दिन अघिको तुलनामा रहर दाल प्रतिकिलो १० रूपैयाँले घटेको छ।फागुन १५ गतेको तथ्यांक अनुसार रहर दाल एक सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो। चैत १ मा आउँदा प्रतिकिलो १० रूपैयाँ घटेर एक सय ४० रूपैयाँमा कारोबार भइरहेको छ। 

    फागुन १ गते भने बजारमा रहर दाल प्रतिकिलो एक सय ६० रूपैयाँ थियो। त्यस्तै, मासको दाल पनि प्रतिकिलो पाँच रूपैयाँले घटेको छ।१५ दिनअघि प्रतिकिलो दुई सय रूपैयाँमा कारोबार भएको मासको दाल अहिले एक सय ९५ रूपैयाँमा कारोबार भएको छ।

    images
    images

    चनाको दालको मूल्य पनि पाँच रूपैयाँले घटेको छ।१५ दिनअघि प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भएको चनाको दाल अहिले एक सय ७५ रूपैयाँमा कारोबार भएको छ।मुसुर दालको मूल्य स्थिर छ। बजारमा मुसुर दाल एक नम्बर र दुई नम्बर गरी दुई प्रकारको आउँछ। 

    ती दालको मूल्य क्रमशः एक सय ६५ र एक सय ५० रूपैयाँमा कारोबार भएको छ। त्यस्तै, गेडा मुंग र छाटा मुंगको मूल्य पनि स्थिर छ। अहिले बजारमा गेडा मुंग प्रतिकिलो एक सय ७० र छाटा मुंग प्रतिकिलो एक सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। दालको स्वदेशी उत्पादन नगन्य मात्रामा छ। भारत लगायत अन्य मुलुकबाट दाल आयात गरिँदै आएको छ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend