images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बढ्न थाल्यो अंगुरको मूल्य, अब एक...

बढ्न थाल्यो अंगुरको मूल्य, अब एक किलो अंगुरलाई कति पर्छ?

बढ्न थाल्यो अंगुरको मूल्य, अब एक किलो अंगुरलाई कति पर्छ?

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । बजारमा अंगुरको मूल्य बढ्न छ।सिजन सकिन लागेसँगै अंगुरको मूल्य बढ्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।

    images
    images

    'अब विस्तारै अंगुरको सिजन सकिन लाग्यो। त्यसैले मूल्य बढ्न थालेको हो,' उनले भने।बजारमा अंगुर कालो र हरियो गरी दुई प्रकारका पाइन्छन्।उनका अनुसार अंगुरको मूल्य बढ्न थालेको एक साता भयो। अहिले बजारमा कालो अंगुर प्रतिथोक मूल्य दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ भने हरियो अंगुर एक सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

    एक साताअघि बजारमा कालो अंगुर प्रतिथोक मूल्य दुई सय र हरियो अंगुर एक सय ४० रूपैयाँमा कारोबार भइरहेको थियो।पुस लागेदेखिनै बजारमा अंगुर आउन थालेको थियो। उक्त समयमा अंगुर दुई सय ५० देखि तीन सय ५० रूपैयाँसम्म होलसेल कारोबार भइरहेको थियो।

    images
    images

    अंगुरको स्वदेशी उत्पादन छैन। थोरै मात्रामा कसैले उत्पादन गरे पनि स्थानीयस्तरमै बिक्री हुन्छ। उक्त उत्पादन काठमाडौं लगायत मुख्य सहरहरूमा पुग्दैन।यहाँ छिमेकी मुलुक भारतका विभिन्न ठाउँबाट अंगुर आउँछ। महाराष्ट्र, गुजरात, बैंगलोर लगायतका क्षेत्रमा ठूलो मात्रामा अंगुर उत्पादन हुने गरेको छ।अंगुरको होलसेल मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend