images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • एक मात्र सहकारीको संचालक हुन...

एक मात्र सहकारीको संचालक हुन पाउने, दोहोरो पद भएमा पद छाड्न विभागको ३० दिने अल्टिमेटम

एक मात्र सहकारीको संचालक हुन पाउने, दोहोरो पद भएमा पद छाड्न विभागको ३० दिने अल्टिमेटम

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • काठमाडौं । अबदेखि एउटा सहकारीमा संचालक भएको व्यक्ति अर्कोमा हुन नपाउने भएका छन्।

    images
    images

    सहकारी विभागले एक व्यक्ति एक सहकारीको मात्र संचालक हुन पाउने व्यवस्था गरेको हो । विभागले एक निर्देशन जारी गर्दै एक वा सो भन्दा बढी सहकारीमा संचालक भएका व्यक्तिलाई ३० दिनभित्र एक संस्थाको पद छाड्न निर्देशन समेत दिएको छ ।

    सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । सोही अनुसार नै लागू गर्न देशभरका सहकारीलाई विभागले निर्देशन दिएको हो ।

    images
    images

    ‘कानुनी प्रावधानअनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको संचालक हन सक्नेछ भन्ने व्यवस्था छ । सो को पूर्ण परिपालना गर्नु गराउनुहुन हुन यो निर्देशन जारी गरेको छ । ३० दिन भित्र एउटा संस्थाको मात्र संचालक पद कायम राखी अन्यको हकमा त्याग गुनपर्नेछ’, विभागले जारी गरेको निर्देशनमा उल्लेख छ ।

    सोही अनुसार कार्यान्वयन नगरेको खण्डमा भने कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend