काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटान सहित ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ। ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिएको ट्रम्प प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्णरूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनले उल्लेख गरेको छ।
अमेरिकाको ‘रेड लिस्ट’मा अफगानिस्तान र भुटान बाहेक क्युबा, इरान, लिविया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुयला र येमेन रहेका छन्। यी देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनको रहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ‘ओरेन्ज लिस्ट’मा बेलारुस, इरिट्रिया, हाइटी, लाओस्, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किमेनिस्तान छन्। यी देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने उल्लेख छ।
त्यस्तै ‘एलो लिस्ट’मा अङ्गोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बावे सहित २२ देश रहेको पनि सुचनामा उल्लेख छ।




.gif)





