images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • 'काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ'लाई आइजीआई...

'काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ'लाई आइजीआई प्रुडेन्सियलको आर्थिक सहयोग

'काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ'लाई आइजीआई प्रुडेन्सियलको आर्थिक सहयोग

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई तीस लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

    images
    images

    उक्त अवसरमा कम्पनीका अध्यक्ष श्री हेम राज ढकालले Kathmandu Institute of Child Health (KIOCH) का अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरे। उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य श्री राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

    कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको ले काठमाडौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।  

    images
    images

    सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले Kathmandu Institute of Child Health (KIOCH) का व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

    साथै, उक्त अवसरमा श्री श्रेष्ठले समयमा निर्माण कार्य सम्पन्न गरी अस्पतालबाट बालबालिकाहरूले विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने छन् भनी अध्यक्ष डा. भगवान् कोइराला लगायत व्यवस्थापन समूहलाई अग्रिम शुभकामना दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend