images

२०८३ आश्विन १८ गते

images
images
images

१ वर्षको अवधिमा एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै

१ वर्षको अवधिमा एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा नेपालमा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घट्दै गएको छ भने डिजिटल कारोबारको सङ्ख्या र रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म अघिल्लो आर्थिक वर्षको माघ महिनासम्मको अवधिको तुलनामा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घटेको देखिएको हो ।

    images
    images

    तथ्यांकअनुसार आर्थिक वर्ष ०८०-८१ को माघ महिनामा बैंकको एटिएमबाट १ करोड ७ लाख ११ हजार ५७४ पटक नगद झिक्ने काम भएको थियो । चालु आर्थिक वर्षको माघ महिनामा सो सङ्ख्या घटेर १ करोड २ लाख ५० हजार ६०४ पटक मात्रै नगद झिक्ने काम भएको छ । 

    रकमका हिसाबले पनि गत आर्थिक वर्षको माघ महिनाको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा एटिएमबाट झिकिने रकम घटेको तथ्यांकले देखाएको छ । गत वर्षको माघ महिनामा ८६ अर्ब ४८ करोड ५० लाख रुपैयाँ एटिएमबाट झिकिएकोमा चालु आर्थिक वर्षको माघ महिनामा ८६ अर्ब ४७ करोड ८० लाख रुपैयाँ एटिएमबाट झिकिएको छ ।

    images
    images

    तर, पछिल्लो एक वर्षको अवधिमा डिजिटल कारोबारको संख्या र रकममा भने वृद्धि भएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको माघ महिनामा इन्टरनेट बैंकिङ कारोबार संख्या २ लाख ६४ हजार ८४०, मोबाइल बैंकिङ ३ करोड ३८ लाख ५२ हजार ७०४ र क्यूआरमार्फत् भुक्तानी २ करोड २७ लाख २७ हजार ३६९ संख्यामा कारोबार भएका थिए ।

    चालु आर्थिक वर्षको माघ महिनामा डिजिटल कारोबार संख्यामा वृद्धि भएर इन्टरनेट बैंकिङ कारोबार ३ लाख ९१ हजार ४०५, मोबाइल बैंकिङ ५ करोड ९ लाख ८४ हजार २२ र क्यूआरमार्फत् भुक्तानी २ करोड ६३ लाख ६ हजार ९७५ वटा संख्यामा भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend