images

२०८३ आश्विन १८ गते

images
images
images

नेपालमा सार्वजनिक भयो शाओमी १५ अल्ट्रा

नेपालमा सार्वजनिक भयो शाओमी १५ अल्ट्रा

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं । शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ। यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो।

    images
    images

    शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ। यसमा समावेश रहेको लाईका १-इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

    स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको फोनमा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ। मोबाइलमा ६.७३-इन्च डब्ल्यूक्यूएचडी+एमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १-१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेट छ।

    images
    images

    लाईकाको सुमिलक्स लेन्सको माध्यमबाट उत्कृष्ट नाइट सट्स क्याप्चर गर्न सकिन्छ भने लाईका २०० मेगापिक्सेल अल्ट्रा टेलिफोटो लेन्सले टाढाका तस्बिरहरू पनि उत्कृष्ट रूपमा खिच्न सकिन्छ। यस डिभाइसले ८ के भिडियो रेकर्डिङ, लाईका फोटोग्राफिक स्टाइलहरू र शाओमी प्रोफोकस पनि सपोर्ट गर्छ।

    शाओमी १५ अल्ट्रामा ५४१० एमएएच शाओमी सर्ज ब्याट्री प्रयोग गरिएको छ जसलाई ९० वाट हाइपरचार्ज र ८० वाट वायरलेस हाइपरचार्जले चार्ज गर्न सकिन्छ।

    शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि-बुकिङ खुला गरेको छ। उक्त प्रि-बुकिङमा ग्राहकहरूले नौ हजार नौ सय ९९ रुपैयाँ बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गरिनेछ।

    ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउन थप ६ महिनाको वारेन्टी, पहिलो ६ महिनासम्म एकपटकको निःशुल्क स्क्रिन रिप्लेसमेन्ट र २४ महिनासम्म निःशुल्क लेबर चार्ज प्रदान गरिनेछ।१६ जिबी+५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य एक लाख ४९ हजार नौ सय ९९ रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend