images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • चैत १ गतेदेखि काठमाडौँ महानगरपालिकामा अनलाइनबाटै...

चैत १ गतेदेखि काठमाडौँ महानगरपालिकामा अनलाइनबाटै नागरिकता सिफारिस हुने

चैत १ गतेदेखि काठमाडौँ महानगरपालिकामा अनलाइनबाटै नागरिकता सिफारिस हुने

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १ गतेदेखि अनलाइनबाटै नागरिकता सिफारिस गर्ने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा सूचना प्रविधि विभागले वडा सचिवहरुलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सिसिआइएमएस) सञ्चालनको प्रयोगात्मक अभ्यासका लागि अभिमुखीकरण कार्यक्रम गरेर युजर नेम र पासवर्ड प्रदान गरेको हो । 

    images
    images

    प्रणालीमा विवरण प्रविष्ट गराउने, कागजपत्र प्रमाणित गरेर स्क्यान कपी राख्ने र विवरण पठाउन सकिने सुविधा छन् । गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको यो प्रणाली २० जिल्लाका करिब २ हजार ५ सय वडाले कार्यान्वयनमा ल्याइ सकेका छन् । 

    यो प्रणालीका २ वटा मोड्युल छन् । एउटा इन्टरनल मोडयुल र अर्को एक्टरनल मोड्युल । इन्टरनल मोड्युल (आन्तरिक प्रणाली) इन्ट्रानेटबाट जोडिएका कम्प्युटरमा मात्र र एक्टरनल मोड्युल (सार्वजनिक) इन्टरनेट भएका कम्प्युटरबाट चलाउन सकिन्छ । तथ्याङ्क सुरक्षाका लागि यसो गरिएको हो । 

    images
    images

    प्रणालीबाट सेवा लिन नागरिक कागजपत्रसहित वडामा गएपछि वडाले विवरण राखी रुजु गराई अनलाइनबाटै जिल्ला प्रशासन कार्यालयमा पठाउने छ । यति भएपछि जिल्ला प्रशासन कार्यालयले फेरि कम्प्युटरमा विवरण प्रविष्ट गराइरहनु पर्दैन । स्वीकृत गरे मात्र पुग्ने छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend