images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • चेक अनादर भए ५ प्रतिशत जरिवाना...

चेक अनादर भए ५ प्रतिशत जरिवाना तिर्नुपर्ने

चेक अनादर भए ५ प्रतिशत जरिवाना तिर्नुपर्ने

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । चेक अनादर भएमा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने गरी कानुन बन्ने भएको छ ।विधायन व्यवस्थापन समितिले चेक अनादरको रकम अदालती प्रक्रियामा जाँदा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति जुटाएको छ ।

    images
    images

    राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा उक्त सहमति जुटेको सभापति तुलसीकुमारी दाहालले बताइन् । कसैलाई दिएको चेक सटही गर्दा रकम नभएको पाइएमा ४५ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको उनको भनाइ छ ।

    ‘चेक सटही गर्न जाँदा पैसा नभएको पाइएमा भुक्तानीका लागि ४५ दिनको समय दिने र त्यसपछि मात्रै अदालती प्रक्रियामा जाने कुरा समावेश गरिने भएको छ । चेक अनादर गर्नेलाई रकमको पाँच प्रतिशत जरिवाना तिराउने सहमति भएको छ,’ उनले भनिन् ।४५ दिनको अवधिमा पनि भुक्तानी नभएको अवस्थामा दुवै पक्षबीच समन्वय गर्ने र त्यसपछि मात्रै  पाउने देवानी संहिताअन्तर्गत अदालती प्रक्रियामा लान सकिने व्यवस्था विधेयकमा गरिएको उनले बताइन् ।

    images
    images

    ‘कुनै व्यक्तिले आफ्नो खातामा पैसा नहुँदा जानीजानी उसले कसैलाई चेक दिन्छ र त्यो चेकको फर्छ्यौट हुँदैन भने यसलाई कानुनी कारबाहीमा लाने कुरा छ । ४५ दिनको समयभित्र चेक लिने र दिने दुवैको बीचमा समन्वय भयो र चेकमा उल्लेख रकम पायो भने मध्यस्तता गर्ने भन्ने कुरा पनि विधेयकले ल्याएको छ,’ उनले भनिन् ।

    चेक अनादरलाई फौजदारी नभएर  देवानी संहिताअन्तर्गत अघि बढाइने उनले बताइन् । खातामा रकम नभएको जान्दाजान्दै दोस्रो पक्षलाई चेक दिनुलाई ठगी मान्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend