images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • उच्च शिक्षाका लागि बाहिरियो रु ६४...

उच्च शिक्षाका लागि बाहिरियो रु ६४ अर्ब १५ करोड

उच्च शिक्षाका लागि बाहिरियो रु ६४ अर्ब १५ करोड

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौँः चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ ।

    images
    images

    सेवा खाता अन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यस मध्ये शिक्षा तर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षा तर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो ।

    सो अवधिमा खुद सेवा आय रु ५० अर्ब २२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब ३८ करोडले घाटामा थियो ।

    images
    images

    सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७.७  प्रतिशतले वृद्धि भई रु ४९ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ४५ अर्ब ६८ करोड थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend