images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • देशभित्रै रोजगारीका अवसर सुरू गर्दैछौं :...

देशभित्रै रोजगारीका अवसर सुरू गर्दैछौं : प्रधानमन्त्री ओली

देशभित्रै रोजगारीका अवसर सुरू गर्दैछौं : प्रधानमन्त्री ओली

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक भित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताएका छन् ।राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्त्वपूर्ण हुने बताए ।

    images
    images

    उनले भने, ‘विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।’उनले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने दक्ष जनशक्ति र धेरैभन्दा धेरै रोजगारी स्वदेश भित्रै सृजना गर्न लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले बैङ्कहरू खराब साहू जस्तो हुन नहुने बताए।

    उनले भने, ‘भन्दाखेरी खराब ऋणी भन्ने, तर साहू खराब हुन्छ । अप्ठ्यारो परेको बेलामा घाँटी निचोर्न खोज्छन्, ऊ डुब्दैछ भने उसलाई उतार्नुपर्छ । कोही पनि आफ्नो सम्पत्ति डुबाउन चाहँदैन ।’

    images
    images

    कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनी बीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्वीस एजेन्सी बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend