images

२०८३ आश्विन २२ गते

images
images
images

चिनी उद्योगलाई फागुनमै उखु अभाव

चिनी उद्योगलाई फागुनमै उखु अभाव

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • महोत्तरी । एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल) लाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ ।

    images
    images

    एक दशकअघिको तुलनामा खेती निकै घटेपछि उद्योगमा चाँडै उखु अभाव भएको हो । एकदशक अघि जिल्लामा १५ हजार बिघा नाघेको उखुखेती पछिल्ला चार÷पाँच वर्षयता ओरालो लाग्दै अब आठ हजार बिघाको सेरोफेरोमा आएको छ । यो पनि पछिल्ला तीन वर्षयता उद्योगले उखुको भुक्तानी क्रमशः सहज बनाउँदै लगेपछि बढेको खेतीले अहिले आठ हजार बिघा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवावाहा बताउँछन् । तीन वर्षअघि जिल्लामा खेती झरेर पाँच हजार बिघामा ओर्लेको कुशवाहा सम्झन्छन् ।

    “उखुको उचित मूल्य नपाउँदा र भुक्तानी पनि वर्षांै पर्खनुपर्दा किसान आजित भएर खेती छोड्दै गएका हुन्”, कुशवाहा भन्छन्, “पछिल्ला तीन वर्षयता उद्योगले भुक्तानी सहज बनाएपछि केही बढेर अहिले आठ हजार बिघाको सेरोफेरोमा खेती पुगेको हो ।” यद्यपि मूल्य उचित तरिकाले नतोकिँदा किसानको मन मरेको उनको भनाइ छ ।वैशाखसम्म उखु क्रसिङ् हुने उद्योगमा अहिले फागुनमै उखु अभावले पूर्ण क्षमतामा क्रसिङ् हुनसकेको छैन । यसपालि गत मङ्सिर २६ गते क्रसिङ् सुरू भएको उद्योगमा ‘नो क्यान’ (उखु अभाव) ले कैयौँ दिन क्षमता घटाएर क्रसिङ् गर्नुपरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला बताउँछन् ।

    images
    images

    “हामीले उखु नपुगेर यसबीचमा २३ दिन क्षमता घटाएर क्रसिङ् गरेका छौँ, यस अवधिमा एक सय ३५ घण्टा उत्पादन रोक्नुपरेको छ”, शुक्ला भन्छन्, “आजभोलि तीन दिन उखु जम्मा गरेर रातको समयमा १० घण्टाजति मात्र चिनी उत्पादन गर्दै आएका छौँ ।” किसानलाई चाँडै उखु दिन सार्वजनिक अपिल नै गरिए पनि खासै आपूर्ति बढ्न नसकेको उनको भनाइ छ ।

    फागुनमै उद्योगलाई उखु अभाव हुनुमा खेती घट्नु, किसानले उखु आफैँ पेल्नु र विभिन्न जिल्लाका उद्योगले उखु खरिद गरेर लानु मुख्य कारण हुन् । सङ्घका अध्यक्ष कुशवाहा भने मुख्य कारण खेती घट्नुलाई मान्छन् । “मुख्य कुरा खेती घट्नु नै हो, चिनीको मूल्य, खेतीको लागत र विभिन्न सामानको मूल्यवृद्धिको अनुपात मिलाएर उखुको मूल्य निर्धारण हुँदैन”, कुशवाहा भन्छन्, “यसपालि हामीले उखुको मूल्य न्यूनतम सात सय ५० हुनपर्ने माग गरेका थियौँ, तर सरकारले गत वर्षको मूल्यमा प्रति क्वीन्टल २० रूपैयाँमात्र बढाएर झारा टारेको छ, यसले खेतीमा किसानको उत्साह जाग्न सकेन ।” गत वर्ष उद्योगले दिने उखुको मूल्य ५६५ प्रति क्विन्टल थियो । यसबाहेक सरकारले प्रति क्विन्टल ७० को अनुदानबापत दिनेछ ।

    उखुको मूल्य निर्धारण गरिँदा कमसेकम अहिलेको मूल्यवृद्धिलाई र चिनीको बजार मूल्यलाई ख्याल गरिनुपर्ने किसानको माग छ । यस्तो हुन नसक्दा किसान र उद्योग दुवै मर्कामा पर्दै आएका कुशवाहाको भनाइ छ । उखुखेतीका लागि जिल्लाको अधिकांश भागको माटो र हावापानी उपयुक्त भए पनि मूल्यकै कारण किसानले खेती बढाउन जाागर नदेखाएका उनको ठम्याइ छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend