images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • पोर्चुगलमा लामो प्रतीक्षा र संघर्षपछि...

पोर्चुगलमा लामो प्रतीक्षा र संघर्षपछि नेपाली दूतावास स्थापना

पोर्चुगलमा लामो प्रतीक्षा र संघर्षपछि नेपाली दूतावास स्थापना

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं ।लामो प्रतीक्षा र संघर्षपछि पोर्चुगलमा नेपाली दूतावास स्थापना भएको छ । ​लिस्बनमा दूतावास स्थापना भएसँगै अब राहदानी नवीकरण, कागजात प्रमाणीकरणलगायत काम गर्न सहज हुने भएको छ । यसअघि यी काम गर्न स्पेन वा फ्रान्सस्थित नेपाली दूतावासमा जानुपर्ने बाध्यता थियो । 

    images
    images

    नेपाली दूतावास लिस्बनले सूचना प्रकाशित गर्दै कागजात प्रमाणीकरणलगायत सेवा अब दूतावासमार्फत् नै प्रदान गरिने जानकारी गराएको छ । हाल दूतावास अस्थायी कार्यालयबाट केही प्रकृयागत कामहरू मिलाइरहेको र चाँडै नै भाडाको आफ्नै भवनमा स्थानान्तरण हुने तयारी भइरहेको दूतावासले जनाएको छ। 

    स्थायी कार्यालय सञ्चालनमा आएपछि सम्पूर्ण सेवा उपलब्ध गराइने हुँदा सेवाग्राहीलाई केही समय धैर्य गर्न अनुरोध गरिएको छ।पोर्चुगलमा करिब ६० हजार नेपाली रहेको अनुमान गरिएको छ । यसअघि नेपालीहरू घुम्ती सेवामार्फत् फ्रान्सस्थित नेपाली दूतावास वा नेपालबाट आएका राहदानी विभागका टोलीको सहयोगमा सेवा प्राप्त गर्दै आएका थिए।

    images
    images

    पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल, विभिन्न नेपाली संघसंस्था, सामाजिक अभियन्ता तथा यहाँका नेपालीहरूले लामो समयदेखि निरन्तर संघर्ष गर्दै आएका थिए। उनीहरूले विभिन्न चरणमा दबाबमूलक कार्यक्रम, हस्ताक्षर अभियान तथा नेपाल सरकारलाई अनुरोध गर्दै आएका थिए । दूतावास स्थापना भएको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले खुसी व्यक्त गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend