images

२०८३ आश्विन १९ गते

images
images
images

जिल्ला–जिल्लामा पुगे एसईईको प्रश्नपत्र

जिल्ला–जिल्लामा पुगे एसईईको प्रश्नपत्र

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौंः आगामी ७ चैत देखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को लागि जिल्ला–जिल्लामा प्रश्नपत्र पुगेको छ ।

    images
    images

    परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेका अनुसार काठमाडौंमा मात्र बाँकी छ। ‘प्रश्नपत्र छपाईको काम सकेर जिल्ला जिल्लामा गइसकेको छ ।

    मधेश र बागमतीको केही जिल्लामा आज गएको छ । अरु ठाउँमा पुगिसक्यो, उनले भने ।

    images
    images

    एसईईका लागि ५ लाख २२ हजार विद्यार्थीले फार भरेका छन् । परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमित तर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका हुन् ।

    परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ । परीक्षा केन्द्र केही थपघट हुनसक्ने कार्यालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend