काठमाडौं । आइतबार शेयर बजारमा पहिरो गएको छ । आज एकै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ ।
आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३१५ वटा कम्पनीको शेयर १ लाख १२ हजार ३४७ हजार पटक शेयर किनबेच भएको छ ।




.gif)





