images

२०८३ आश्विन १६ गते

images
images
images

भोजपुरमा आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

भोजपुरमा आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो ।

    images
    images

    गाउँपालिकाले अचार बनाउने, ढाकाको कपडा बुनाई, सिलाइकटाइ, बेमौसमी तरकारीखेतीलगायत सीपमूलक कार्यक्रम सञ्चालन गर्दैआएको छ । महिलालाई आत्माभिर्नरसँगै व्यावसायिक बनाउन ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । आफ्नो पहलमा महिलालाई आवश्यकताका आधारमा, ढाका बुनाई, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती गर्नेलगायत सीप प्रदान गरिएको उनको भनाइ छ ।

    सीप सिकेर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् । गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन २७ महिलालाई अचार बनाउने सीप प्रदान गरिएको छ । बाहिरबाट विषेशज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम समेत दिइएको छ ।

    images
    images

    आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप सिक्न पाउँदा खुसी लागेको टेम्केमैयुङ–४ नागीकी सम्झना राईले भनिन् । सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रूपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ । सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको राईले बताइन् ।“आफ्नै ठाउँमा सीप लिन पाउँदा खुसी लागेको छ”, उनले भनिन्, “सीप नुहँदा घरायसी काममा समय बितिरहेको थियो । सीप भएपछि आफ्नै ठाउँमा पाउने विभिन्न कच्चा पदार्थबाट अचार बनाएर राम्रो आम्दानी लिन सकिने रहेछ । सिकेको सीपलाई व्यवहारमा ल्याएर काम गर्ने मेरो लक्ष्य छ ।”

    सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीयवासी क्षमादेवी राईले बताइन् । तालिम लिएपछि गाउँघरमा सहजै पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिनेरहेछ भन्ने ज्ञान पाएको उनको भनाइ छ ।सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायत ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताइन् । तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चा पदार्थबाट व्यावसायिक रूपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ ।

    झापामा अचारको उद्योग सञ्चालन गरिरहेकाले यहाँ उद्योग सञ्चालन भएको खण्डमा त्यसको बजारीकरणमा आफूले सहयोग गर्ने उनले बताइन् । अचार भण्डारण तथा प्याकेजिङ, ब्रान्डिङ गर्न सकेको खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने प्याकुरेको भनाइ छ । रासस

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend