images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आइएमई लाइफको आठौं वार्षिक साधारण सभा...

आइएमई लाइफको आठौं वार्षिक साधारण सभा आज बस्दै

आइएमई लाइफको आठौं वार्षिक साधारण सभा आज बस्दै

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आज बस्दैछ। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    images
    images

    सभामा हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ। त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिनेछ।

    कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चहरू अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिन बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend