images

२०८३ आश्विन २९ गते

images
images
images
  • शेयर
  • चैत १९ देखि दोर्दीखोला हाइड्रोपावरले ऋण...

चैत १९ देखि दोर्दीखोला हाइड्रोपावरले ऋण तिर्न हकप्रद सेयर ल्याउँदै

चैत १९ देखि दोर्दीखोला हाइड्रोपावरले ऋण तिर्न हकप्रद सेयर ल्याउँदै

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । नोक्सानीमा रहेको, कमजोर वित्तीय स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले चैत १९ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

    images
    images

    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।

    विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनको रकमबाट पनि पूरै ऋण चुक्ता हुँदैन । फागुन १४ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

    images
    images

    पुस मसान्तसम्म यो कम्पनी ८० लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा छ । हाल प्रतिसेयर नेटवर्थ १ सयभन्दा पनि कम अर्थात् जम्मा ८५ रुपैयाँ ५३ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।यस्तो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएर शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend