images

२०८३ आश्विन १८ गते

images
images
images

घिमिरे एनएमबी बैंकको सीईओमा नियुक्त

घिमिरे एनएमबी बैंकको सीईओमा नियुक्त

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल सकिएपछि उक्त पदमा गोविन्द घिमिरे नियुक्त हुनुहुने भएको छ ।

    images
    images

    हाल सोही बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । सुनिल केसीले फागुन मसान्तमा आफ्नो दोस्रो कार्यकाल पूरा गर्दै हुनुहुन्छ ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन । घिमिरे सन् २००९ देखि नै बैंकमा आबद्ध हुनुहुन्छ । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend