काठमाडौंः रसुवा भन्सारवाट प्रमुख तुलसीप्रसाद भट्टराई र आफूलाई नेपाली काँग्रेस निकट कर्मचारीको नेता बताउँदै हिड्ने लक्ष्मण बास्तोलाको समुहले कसरी राजस्व ठगि गरिरहेका छन् भन्ने नयाँ तथ्य फेला परेको छ ।
भन्सार जाँचपास सकिएपछि प्रत्येक गाडीमा शिल लगाउन अनिवार्य हुन्छ । मालवहाक गाडीको ढोका अनुसार एक वा दुई शिल लगाउने गरिन्छ । शिल लगाउन पूर्व जाँचकीले जाँचपड्ताल गरेपछि माथिल्लो हाकिमले हेर्ने चलन हुन्छ । यसका लागि पनि प्रमुख भट्टराईले लक्ष्मण बास्तोलालाई प्रयोग गर्ने गरेका छन् । तातोपानी भन्सारमा रहँदा पनि प्रमुख सँग मिलेर काँग्रेस कर्मचारी संगठनको आवरणमा माथि बुझाउन पर्छ भन्दै अबैध रकम असुल्ने बास्तोलले सोही हर्कत रसुवामा पनि गरेको व्यवसायीहरु बताउँछन् ।
रसुवा भन्सार कार्यालयले सरकारी खर्चमा शिल वनाएको छ । यो शिल प्रत्येक कन्टेनरमा जाँचपास भए पछि लगाउने गरिन्छ । त्यसबापत एक हजार रुपैयाँ अनिवार्य बुझाउने नियम रहेको छ । सामानको भन्सार बुझाएपछि शिलको नाममा अतिरिक्त एक हजार लिने गरिएको छ ।
कार्यालयमा शिल वितरण गर्ने ठाँउमा रजिष्ट्रर राखेको हुन्छ जहाँ गाडीको नाम, नम्बर लेखेर शिल लगाएर पास हुन्छ ।
शिल लगाउन भन्सार कार्यालयको लेखापाल र प्रशासन समुहको नायव सुब्बा खटाईएको हुन्छ । शिल लगाई सकेपछि प्रमुख भट्टराईको निर्देशनमा बास्तोलाले अतिरिक्त बीस देखि तीस हजार सम्म रुपैयाँ लिने गरेका छन् । त्यो वापत व्यापारीको सामानमा भन्सार मुल्य घटाई दिने गरेका छन् । जस्तैः ठूलो पाईन्टको भन्सार हाफ पाईन्टको मूल्यमा काटि दिएर अतिरिक्त रुपैयाँ भन्सार प्रमुख र बास्तोला समुहले बाँडिचुडी खाने गरेका छन् ।
बास्तोलाले भने कर्मचारी युनियन देखि मन्त्रालय सम्म बुझाउन पर्छ भन्दै बढी रकम राख्ने गरेका छन् । यसरी संकलन गरेको रकम कम भाग पर्न थालेपछि बास्तोलाले कर्मचारी युनियनको रवाफमा दुई महिला कर्मचारीलाई त्यहाँवाट सरुवा समेत गराएका छन् ।
भन्सार प्रमुख तुलसीप्रसाद भट्टराई, लक्ष्मण बास्तोला, लेखापाल जिवमणि देवकोटाका र नायव सुव्वाहरुले शिलबाट आएको पैसा भाग लगाउने एक कर्मचारीले जानकारी दिए । दुई महिला कर्मचारी हटाए पछि भागमा धेरै रकम पारेर मस्ती गर्नेमा चारजना कर्मचारी रहेका छन् ।
भन्सार कार्यालयको अभिलेख अनुसार दैनिक रसुवा भन्सारबाट कम्तीमा ८० र बढीमा १ सय वटा मालवहाक गाडी काठमाडौं आउने गरेको छ ।भन्सार विभागमा ब्कथअगमब ध्यचमि बाट दैनिक कति गाडि पास हुन्छ त्यहाबाट पनि हेर्न सकिन्छ।
शील लगाए वापत एक हजार र अरु अतिरक्ति बीस देखि तीस हजार सम्म रकमको हिसाव गर्दा दैनिक लाखौं रुपैयाँ प्रमुख भट्टराई, बास्तोला लगायतको समुहले अतिरिक्त आम्दानी गर्ने एक व्यवसायीले जानकारी दिएका छन ।




.gif)





