images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्नेः गृहमन्त्री...

गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्नेः गृहमन्त्री रमेश लेखक

गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्नेः गृहमन्त्री रमेश लेखक

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौंः गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने, लोकतन्त्रको विकल्प कुनै निरंकुशता हुन सक्दैन ।’

    images
    images

    लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको रमेश लेखकले बताए । रमेश लेखकले पूर्व राजालाई शासन गर्न मन भए चुनावमा गए्र खुला राजनीति गर्न चुनौती समेत दिए ।

    गृहमन्त्री रमेश लेखकले संविधान संशोधनका विषयमा गृहकार्य भइरहेको बताएका छन । सरकार गठन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारी–अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने रमेश लेखकले बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend