images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आईपीओमा पहिलो दिन नै ३.१७ गुणा...

आईपीओमा पहिलो दिन नै ३.१७ गुणा बढि शेयर माग भयो

आईपीओमा पहिलो दिन नै ३.१७ गुणा बढि शेयर माग भयो

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौंः क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड(CMLI)को आईपीओमा पहिलो दिन नै ३.१७ गुणा बढि शेयर माग भएको छ । बिहीबार नै कम्पनीको आईपीओमा चार लाख ६५ हजार ४८८ आवेदन परेको हो ।

    images
    images

    इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयरमा निष्काशन गरेको हो। सीडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेट सम्ममा कम्पनीको आईपीओमा ५८ लाख ५८ हजार ६१० कित्ता शेयरका लागि आवेदन दिइएको छ । कम्पनीको आईपीओमा ५८ करोड ५८ लाख  ६१ हजार रूपैयाँ बराबरको शेयर माग भएको हो ।

    कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। सो आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। 

    images
    images

    कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend