काठमाडौं ।एनआईसी एशिया क्यापिटलले सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डको कारोबार आगामी २५ फागुन २०७९ आइतबारसम्म मात्रै हुने जनाएको छ।
यस फण्डको दोस्रो बजारमा कारोबार २६ फागुनदेखि बन्द हुने छ। यो फण्ड ७ वर्षे बन्दमुखी योजना हो र अब यो पण्ढको अवधि समाप्त हुँदै छ । क्यापिटलका अनुसार, एनआईसी एशिया ग्रोथ फण्ड फागुन २५ गते परिपक्क हुने भएको हो, र त्यस दिनसम्म कायम इकाईधनीहरूले मात्र पण्ढको खारेजीपछि प्राप्त हुने प्रतिफल प्राप्त गर्नेछन्।
यस फण्डमा सहभागी भएका इकाईधनीहरूलाई अभौतिककरण गर्न बाँकी भएमा यथाशिध्र अभौतिकीकरण गर्न र नगद प्रतिफल प्राप्त लिन बाँकी भएकाले हितग्रही खातामा बैंक खाता नम्बर अद्यावधिक गर्न क्यापिटलले आग्रह गरेको छ ।
एनआईसी एशिया ग्रोथ फण्डले ६ वर्षको अवधिमा कुल ८५ प्रतिशत प्रतिफल वितरण गरेको छ। फण्डको सञ्चालनको क्रममा वर्ष १ मा १० प्रतिशत, वर्ष २ मा १२ प्रतिशत, वर्ष ३ मा ३० प्रतिशत, वर्ष ४ मा १३ प्रतिशत, वर्ष ५ मा १०.५ प्रतिशत र वर्ष ६ मा ९.५० प्रतिशत प्रतिफल वितरण भएको थियो।




.gif)





