images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • बजारमा गोलभेँडाको भाउ घट्यो, कति पर्छ...

बजारमा गोलभेँडाको भाउ घट्यो, कति पर्छ किलोको?

बजारमा गोलभेँडाको भाउ घट्यो, कति पर्छ किलोको?

images
images
बिहिवार, फाल्गुण २२ २०८१
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । बजारमा गोलभेँडाको मूल्य घटेको छ।मागभन्दा बढी आपूर्ति भएकाले गोलभेँडाको मूल्य घटेको कालीमाटी तरकारी बजारका गोलभेँडा व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।'अहिले गोलभेँडा एकदमै धेरै आइरहेको छ,' उनले भने, 'त्यसैले मूल्य घटेको हो।'

    images
    images

    उनका अनुसार पछिल्लो एक/दुई महिनायता गोलभेँडाको मूल्य घट्ने क्रममा छ। कालीमाटी बजारमा एक महिनाअघि गोलभेँडा थोक मूल्य प्रतिक्रेट सात सयदेखि आठ सय रूपैयाँमा कारोबार भइरहेकोमा अहिले प्रतिक्रेट तीन सयदेखि पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

    बजारमा गोलभेँडा बिक्री नभएका कारण किसानको बारीबाट गोलभेँडा उठाउन नसकिएको उनले बताए। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अुनसार बजारमा गोलभेँडा ठूलो, लोकल सानो र लोकल टनेल गरी तीन प्रकारको आउँछ। ठूलो गोलभेँडा भने भारतबाट पनि भित्रिने गरेको छ।बिहीबार कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य २० देखि ४० रूपैयाँ छ। 

    images
    images

    त्यस्तै, सानो तराई गोलभेँडा १४ रूपैयाँ छ। हाल काठमाडौंमा चितवन र सर्लाहीबाट गोलभेँडा भित्रिरहेको छ। होलसेल मूल्य घटेसँगै गोलभेँडाको खुद्रा मूल्य पनि घटेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend