images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • नसर्ने रोग र यौन दुर्व्यवहार रोकथामका...

नसर्ने रोग र यौन दुर्व्यवहार रोकथामका लागि शिक्षकलाई तालिम

नसर्ने रोग र यौन दुर्व्यवहार रोकथामका लागि शिक्षकलाई तालिम

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथामका लागि शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा दिइएको तालिममा सातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन् ।

    images
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले उपचार गरेर केही बिरामीलाई निको पार्न सकिन्छ तर रोग लाग्नै नदिने भनेको सचेतना एवं सशक्तीकरण नै हो र त्यसको सशक्त माध्यम भनेको बालबालिका एवं विद्यालय नै रहेको बताए । 

    उनले कुनै पनि कुरा समाजमा पुर्‍याउने मेरुदण्ड भनेको विद्यालय र बालबालिका नै भएको हुँदा नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथामसम्बन्धी जनचेतना जगाउन विद्यालय नै रोजेको र शिक्षकलाई नै यसको प्रशिक्षक बनाउन तालिम दिएकोमा भाष्कर–तेजश्री फाउण्डेसनलाई धन्यवाद दिए । काप्रीले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षक शिक्षकहरूलाई निर्देशनसमेत दिए ।

    images
    images

    भाष्कर तेजश्री स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा रीता थापाले नवयुवा भनेको भोलिको नेतृत्व र समृद्धि भएको हुँदा उनीहरूलाई स्वस्थ राख्न र समतामूलक एवं दुर्व्यवहारमुक्त समाज निर्माण गर्न पहल गर्नु नै फाउण्डेसनको उद्देश्य रहेको बताइन् । थापाले समाजमा दुर्व्यवहार गर्ने ८९५ आफैँले चिनेका व्यक्ति हुने भएको हुँदा नवयुवालाई सशक्तीकरण गर्नु नै यसको न्यूनीकरण एवं रोकथाम भएको बताइन् ।

    स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा.सङ्गीता मिश्रले स्वास्थ्य र शिक्षाको सम्बन्ध अत्यन्त पारस्परिक हुने भएको हुँदा शिक्षाको माध्यमबाट नै नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गर्नु भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानको महत्त्वपूर्ण कार्य भएको बताइन् । उनले बालिकाको संवेदनशीलतालाई बुझिदिन शिक्षक प्रशिक्षकलाई आग्रह समेत गरिन् । डा. मिश्रले बालिकाले एक अर्कासँग सम्बन्धित नभएका ८र१० थरिका कम्प्लेनहरू गरे भने त्यहाँ यौन दुर्व्यवहार भएको बुझ्नुपर्ने पनि बताइन् । 

    साथै कुनै पनि ठाउँमा महिलाहरूको सङ्ख्यात्मक सहभागी ठुलो होइन, गुणात्मक सहभागी हुनुपर्ने डा. मिश्रको भनाइ थियो ।चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डिन प्रा.डा.जगदीशप्रसाद अग्रवालले ७४५ मान्छे नसर्ने रोगका कारण मरिरहेको बताए । उनले नसर्ने रोगबाट बच्ने उपाय भनेको खानपान र जीवनशैली नै भएको बताए । खानपान जीवनशैलीमा सुधार शारीरिक व्यायाम गर्ने हो भने ५८५ मधुमेह त बिसेक समेत हुने अग्रवालको भनाइ थियो । 

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक चन्द्रकान्त भुसालले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानसँग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथाम सम्बन्धी सचेतना कार्यक्रम विद्यालय लेबलबाट अभिभावकसमक्ष पुर्‍याउन सकिन्छ भनेर नै एमओयु गरिएको बताए । शिक्षकलाई प्रशिक्षित गरी समाजलाई राम्रो प्रभाव पार्न सकिन्छ भनेर एमओयु गरिएको उनको भनाइ थियो ।

    भुसालले नेपाल सरकारले लिएको संवैधानिक एवं नीतिगत कुरालाई व्यवहारमा कार्यान्वयन गराउन प्रतिष्ठानले सहयोग गर्न सक्ने विश्वास लिएको समेत बताए ।विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. संभाजी राव पाण्डवले नसर्ने रोगबाट बच्ने र बचाउने भनेको जागरण एवं सशक्तीकरण नै रहेको बताए। विद्यालय तहबाट नै जीवनशैलीप्रति बालबालिकालाई सचेत र सशक्तीकरण गराउन सकेमा नसर्ने रोगको मृत्युदर घट्न सक्ने उनले बताए।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक महेन्द्र पराजुलीले भाष्कर-तेजश्री स्मृति प्रतिष्ठानले गर्न खोजेको कामको गम्भीरतालाई बुझेर नै प्रतिष्ठानसँग केन्द्रले सहकार्य गरेको बताए । सहकार्य समाजका लागि उपयोगी हुनेमा विश्वस्त रहेको पराजुलीको भनाइ थियो ।विशेष गरेर स्वास्थ्य र सामाजिक विषयसँग सम्बन्धित तालिम भएको हुँदा स्वास्थ्य शारीरिक र सामाजिक विषयका प्रशिक्षक र रोस्टर प्रशिक्षकलाई तालिममा सहभागी गराइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गौरीशङ्कर पाण्डेले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend