images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • कुलमानलाई हटाए सडक र सदनबाट आन्दोलन...

कुलमानलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने ज्ञानेन्द्र शाहीको चेतावनी

कुलमानलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने ज्ञानेन्द्र शाहीको चेतावनी

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट  आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

    images
    images

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै कुलमानलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठाउने बताए । 

    उनले भने,‘अन्धकार नेपाललाई उज्यालो नेपाल बनाउने कुलमानलाई कारबाही गर्ने मात्र होइन कि शून्य अङ्क दिने रे फेल हुनेलाई पास, पास हुनेलाई फेल कस्तो हो यो ? कुलमान घिसिङलाई हटाउने जुन प्रपञ्च गरिँदै छ र मन्त्रिपरिषद्ले निर्णय हुँदै छ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठ्छ ।’

    images
    images

    उनले सरकारले विधिको शासन उल्लङ्घन गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।    

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend