images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • पोर्साको म्याकन फोर ईभीमा काइरोस इन्टरनेशनलको...

पोर्साको म्याकन फोर ईभीमा काइरोस इन्टरनेशनलको करोडौं नाफा

पोर्साको म्याकन फोर ईभीमा काइरोस इन्टरनेशनलको करोडौं नाफा

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं ।   काइरोस इन्टरनेशनलले विद्युतीय गाडी पोर्साको म्याकन फोर ईभीमा करोडौं नाफा राखेर बिक्री मूल्य राखेको खुलेको छ । ल्यान्डिङ कस्ट २ करोड ३३ लाख रुपैयाँ पर्ने यो गाडी कम्पनीले ३ करोड ६५ लाख रुपैयाँ मूल्यमा बिक्री गर्ने घोषणा गरेको छ।  कम्पनीले एउटै गाडीमा १ करोड ३२ लाख रुपैयाँ अतिरिक्त नाफा राखेर बिक्री मुल्य तय गरेको देखिएको हो । 

    images
    images

    नेपाल भित्र्याउँदा गाडीको सीआईएफ ९खरिद मूल्य, बीमा र ढुवानी शुल्क० ६५ हजार ४२० अमेरिकी डलर रहेको छ। भन्सार, अन्तःशुल्क, भ्याट र सडक मर्मत दस्तुर जोड्दा कुल लागत २ करोड ३२ लाख ८७ हजार १ सय २३ रुपैयाँ पुग्छ। व्यवसायिक लागत गणनाको आधारमा यो गाडीको बिक्री मूल्य धेरै देखिएको हो ।

    साथै कम्पनीले यो गाडी अवैध रुपमा नेपाल ल्याएको देखिएको छ । जर्मन लक्जरी ब्रान्डको यो गाडी पोर्साले उत्पादन गरेको हो । तर, काइरोसले उक्त कम्पनीसँग आधिकारिक बिक्रेता सम्झौता गरेको छैन । हङकङको अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल (एयूडीआई) नामक कम्पनीसँग सम्झौता गरेर गाडी नेपाल ल्याएको पाइएको छ। 

    images
    images

    काइरोस इन्टरनेसनलले पोर्सा, आउडी र ल्यान्ड रोभरका गाडी आयात गरिसकेको छ । कम्पनीले यीै ब्रान्डहरु हङकङको एयूडीआई र साउथ चाइना एक्जिम लिमिटेड नामक कम्पनीबाट खरिद गरेर ल्याइएको छ ।  

    यो लक्जरी गाडीमा २८५ किलोवाट मोटर पावर, ३८७ पीएस पावर जेनेरेशन, अधिकतम २२० किमि प्रतिघण्टाको गति, ५.२ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको एक्सेलेरेशन, र ५१६–६१२ किलोमिटर रेन्ज रहेको छ। २७० किलोवाट डीसी फास्ट चार्जर सपोर्ट गर्ने यो गाडी २१ मिनेटमा ८० प्रतिशत चार्ज हुने बताईएको छ । १०० किलोवाट आवरको लिथियम आयन ब्याट्री, १८४ एमएम ग्राउन्ड क्लियरेन्स र अफ रोडका लागि २२५ एमएमसम्म बढाउन मिल्ने सुविधा गाडीमा रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend