images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • लहानमा अहिलेसम्मकै ठूलो बजाज ग्राण्ड एक्सचेन्ज...

लहानमा अहिलेसम्मकै ठूलो बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

लहानमा अहिलेसम्मकै ठूलो बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्दैछ ।यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् । बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ ।

    images
    images

    यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त रू.१०,०००/- भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

    साथै, अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । नयाँ जिवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाईनको साथ सन्चालन भईरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले रू.७०००/-  सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, ०% सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सदैव नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend