images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने ...

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा ९६ गुणा बढी आवेदन परेको छ ।

    images
    images

    अन्तिम दिन बाँकी रहँदा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताको आवेदन परेको छ । अंकित मूल्य १ सयका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो । न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

    इक्रा नेपालबाट कम्पनीले बीबी माइनस रेटिङ पाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६७ करोड ११ लाख रुपैयाँ छ । २१ गतेसम्म कम्पनीको एफपीओमा आवेदन दिन सकिनेछ ।

    images
    images

    पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ छ भने वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २३ पैसा छ । दोस्रो बजारमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९२ रुपैयाँ ५० पैसा छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend