images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • सिंजा गाउँपालिका र राष्ट्रिय वाणिज्य...

सिंजा गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

सिंजा गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिंजा गाउँपालिका, जुम्ला, कर्णालीबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।

    images
    images

    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

    बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ।बढीमा १० लाख रुपैंयासम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ र गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने छ । हाल बैंकको आधार दर ५.४४ प्रतिशत रहेको छ।

    images
    images

    यो कर्जा लगानी पश्चात् कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोजगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।उक्त कार्यक्रममा सिंजा गाउँपालिकाका वडा नं. २ का वडा अध्यक्ष तिर्थ वड, बैंकका कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख अच्युत गौतम लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend