images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा तथा शाखा...

अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

अभियान लघुवित्तको अर्धवार्षिक समीक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने अर्धवार्षिक प्रगति समीक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

    images
    images

    वित्तीय संस्थाले पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गतका कार्यालय प्रमुखहरूसँग फागुन १७ गते शनिवार इटहरीमा वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापा साथै प्रमुख कार्यकारी अधिकृतको तेजेन्द्र शर्मा लम्सालको समुपस्थितिमा र मध्य क्षेत्र अन्तर्गत अनुगमन रुपनी र ढल्केवर अन्तर्गतका कार्यालय प्रमुखहरूसँग १९ गते सोमवार प्रमुख कार्यकारी अधिकृतको समुपस्थितीमा बर्दिवासमा कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा, बजेट कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका सम्भावित उपायहरू र भावी कार्य योजनाका विषयमा छलफल गरिएको थियो । 

    images
    images

    कार्यक्रमको सहजीकरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल र मुख्य प्रबन्धक कृष्ण बहादुर खड्काले गरेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend