images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी...

नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी सार्वजनिक

नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी सार्वजनिक

images
images
मंगलवार, फाल्गुण २० २०८१
मंगलवार, फाल्गुण २० २०८१
  • काठमाडौं । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले सोमबार एक कार्यक्रमकाबीच नेपाली बजारमा एलईभी ०१ इलेक्ट्रिक एसयूभी कार सार्वजनिक गरेको छ ।एलईभी ०१ मा ६७.१ किलोवाटको ब्याट्री प्याक रहेको छ । यो ईभीमा ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको र यो मोटरले ३२० न्यूटन मिटरको टर्क उत्पन्न गर्ने कम्पनीको भनाइ छ ।

    images
    images

    एलईभी ०१ मा ०.२६८ ड्र्याग कोफिसीयन्ट रहेको छ, जुन इलेक्ट्रिक एसयूभीहरूमा तुलनात्मक रूपमा कम हो। एक पटकको पूर्ण चार्जपछि यो गाडीले ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी गरिएको छ।डिजाइनका हिसाबले यस मोडेलमा होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, सस्पेन्डेड टेललाइट, लेदरेट स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट र लग्जरी केबिन स्पेसजस्ता विशेषताहरू समावेश छन्।

    नेपालमा यो गाडी स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको छ । नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।कम्पनीका अनुसार एलएस अटोले सन् २०२५ मा थप दुई मोडेलहरू एलईभी ०३ र एलईभी ०५ लन्च गर्दैछ । यी कारहरू राइट ह्यान्ड ड्राइभ र लेफ्ट ह्यान्ड एसयूभी हो भने एलईभी ०५ मिडसाइज कम्प्याक्ट एसयूभी हो । ड्राइभ एलएचडी दुवै अप्सनमा बन्ने भएकाले छिट्टै नेपालमा समेत ल्याइने भएको छ ।

    images
    images

    एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस सघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend