काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार नौ दिनसम्म बढेर सोमबार घटेको छ। सोमबार १२.६२ अंकले घटेर २८७६.६६ मा कायम भएको छ। आइतबार नेप्से परिसूचक ७५.२४ अंकले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको थियो। १८७ वटा कम्पनीको मूल्य घटेको छ।
यसैगरी ५१ वटा कम्पनीको मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्यमा कुनै घटबढ भएको छैन। सोमबार १४ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो पछिल्लो ६ महिनायताको सबैभन्दा उच्च कारोबार हो। यसअघि भदौ ११ गते १८ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।




.gif)





