images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • बिवाइडी हाई-टेक विक सम्पन्न, बिवाइडी एट्टो...

बिवाइडी हाई-टेक विक सम्पन्न, बिवाइडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

बिवाइडी हाई-टेक विक सम्पन्न, बिवाइडी एट्टो ३ को १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौँ ।  बिवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.द्वारा आयोजित बिवाइडी हाई-टेक विक सम्पन्न भएको छ ।चीन बाहिर पहिलो पटक सम्पन्न भएको सो ल्यान्डमार्क इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो । सबै उमेर समूहका अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत उनीहरुले दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएका थिए । 

    images
    images

    ग्लोबल माइलस्टोन : नेपालमा डेलिभरी गरियो १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ 

    बिवाइडी हाई-टेक विकको एक महत्त्वपूर्ण क्षणको रूपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रूपमा रहेको १० लाख १० हजारौँ बिवाइडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो । 

    images
    images

    यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रूपान्तरण र यसको एक महत्त्वपूर्ण बजारको रूपमा नेपाल रहेको तथ्यलाई पुनः पुष्टि गर्नुका साथै देशमा बढ्दो बिवाइडीको उपस्थितिलाई समेत दर्शाएको छ । 

    बिवाइडी हाई–टेक विक एक्सक्लुसिभ अफर विस्तार

    यो महत्त्वपूर्ण माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बिवाइडी हाई–टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बिवाइडी इभिमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ ।सो अफर आगामी मार्च ९ सम्म जारी रहने छ । यसले विश्वसनियता र ग्राहक सन्तुष्टीका लागि बिवाइडीको अटुट प्रतिबद्धतालाई दर्शाउँछ । 

    दिगो मोबिलिटी भविष्यमा अग्रणी बन्दै

    हाई–टेक विकको अवसरमा अवलोकनकर्ताहरूले विभिन्न सवारी साधनमा भएका प्रविधिको अभुतपूर्व प्रदर्शन अनुभव गर्ने अवसर पाए, जसमा अतुलनीय सुरक्षा र दिगोपना झल्काउने ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट, दक्षता र कार्यक्षमता झल्काउने ई–प्लेटफर्म ३.० तथा कम्पास टर्न, ट्यांक टर्न र अटोमेटिक पार्किङ जस्ता इन्टेलिजेन्ट भेइकल कन्ट्रोल फिचरहरू लाइभ शोकेस गरिएको थियो । इभेन्ट समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रा.लि.की म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले चीन बाहिर पहिलो पटक आयोजना गरिएको बिवाइडी हाई–टेक विक अभूतपूर्व रूपमा सफल भएको बताइन् । 

    उनले भनिन्, “अवलोकनकर्ताहरूबाट उत्साहजनक रुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ र हामी विश्वव्यापी रूपमा भइरहेको इभि रूपान्तरणमा नेपालको भूमिकाका कारण सम्मानित भएका छौँ। १० लाख १० हजारौँ बिवाइडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।”

    नवीन प्रविधि र अद्वितीय ग्राहक सेवामार्फत हरित भविष्य सुनिश्चित गर्दै विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली बजारमा भित्र्याउने कार्यमा साइमेक्स इंक प्रा.लि.सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend