images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • बजारमा कुरिलोको मूल्य घट्न थाल्यो ,...

बजारमा कुरिलोको मूल्य घट्न थाल्यो , कतिपर्छ किलोको?

बजारमा कुरिलोको मूल्य घट्न थाल्यो , कतिपर्छ किलोको?

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । बजारमा कुरिलोको मूल्य घटेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

    images
    images

    कालिमाटीको तथ्यांक अनुसार सोमबार कालिमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम नौ सय रूपैयाँदेखि अधिकतम १४ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबारको तुलनामा यो न्यूनतम १२ सय रूपैयाँदेखि १६ सय रूपैयाँमा कारोबार भइरहेको थियो। 

    सुरूआति चरणमा कुरिलो थोक मूल्य न्यूनतम न्यूनतम १२ सय रूपैयाँदेखि अधिकतम १८ सय रूपैयाँसम्ममा कारोबार भइरहेको थियो। दुई महिनादेखि थोरै मात्रामा बजारमा कुरिलो आइरहेको कालीमाटी बजारका व्यवसायी राज कुमार थापा क्षेत्रीले जानकारी दिए।उनका अनुसार बजारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।

    images
    images

    ‘बजारमा धेरै आयो भने सस्तो हुन्छ। थोरै आयो भने महँगो हुन्छ,’ उनले भने।व्यवसायी राज कुमारका अनुसार कुरिलोको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend