images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • पातलो ब्याट्री भएको एमजी फाईभ नेपाली...

पातलो ब्याट्री भएको एमजी फाईभ नेपाली बजारमा, के के छन् विशेषता ?

पातलो ब्याट्री भएको एमजी फाईभ नेपाली बजारमा, के के छन् विशेषता ?

images
images
सोमवार, फाल्गुण १९ २०८१
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । एमजी मोटर्सको बहुप्रतिक्षित कार एमजी एस फाईभ केहि दिनमा नै नेपाली बजारमा बिक्री सुरु हुँदैछ । एमजी मोटर्सका लागि नेपालको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले यो कार केहि दिनमा नै नेपाली बजारमा बिक्री सुरु गर्न लागेको हो ।केहि युनिट कार ल्याएर मिडिया टेष्ट ड्राईभ सम्पन गरेको छ । बिहिबार सिन्धुलीको भिमानदेखि दुधौलीसम्म करिब २५ किमीमा मिडिया टेष्ट ड्राईभ गरिएको छ ।

    images
    images

    नेपाली बजारमा लोकप्रिय ब्राण्ड बनाउने योजनाका साथ कम्पनीले यो कार नेपाली बजारमा बिक्री थाल्न लागेको हो ।पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्री अनुसार एक कार तुलनात्मक रुपमा नेपाली बजारमा भएका अन्य कारभन्दा सबै हिसाबले राम्रो भएकाले धेरैले मन पराउने अपेक्षा गरिएको छ ।

    एमजी एस फाईभ कस्तो कार हो ?

    images
    images

    यो पियोर ईभी प्लेटफममा बनेको कार हो ।जसलाई मोडुलर स्केलेभल प्लान्टफर्म (एमएसपी) पनि भनिन्छ । जसमा गाडी डिजाइन गर्दा नै सबै कुरा नापेर कहाँ के राख्ने भनेर तयार पारिन्छ । यस अघि इन्जिनियरिङ भएपनि यसरी डिजाइन गरेर गाडीहरु तयार पारिदैन्थ्यो । पियोर ईभी प्लेटो फर्ममा बनेका कारण पर्याप्त गाडीभित्र स्पेश उपलब्ध छ ।यो रियल ह्‍विल कार हो । यसमा मोटर पछाडी हुन्छ । पछाडीबाट पावर दिन्छ । जसका कारण गाडी स्टेबल हुन्छ । उकालोमा नतान्ने र चक्का चिप्लने समस्या हुँदैन ।

    यसमा तीनवटा कनेक्टेड एपहरु-टिकटक, युट्युब र स्पोर्टीफाई छन् । तीन वर्षका डेटा समेत कम्पनीले उपलब्ध गराएको छ ।
    यसमा आइस्मार्ट भन्ने एप छ । जसले गाडीका धेरै विषयहरुलाई कन्ट्रोल गर्न सकिन्छ । गाडी चार्ज गर्ने/नगर्ने, एसी चलाउने, गाडी लक गर्नेलगायतका काम गर्न सकिन्छ । साँचो घरमै राखेर पनि एपबाट गाडी चलाउन सकिन्छ ।स्टेरियङ अघि क्यामेरा र सेन्सर राखिएको छ । चालकले दायाँ/दायाँ हेरिरहेको र निदाएको अवस्थामा अलर्ट गर्छ ।

    एमजी एस फाईभ क्रस ओभर स्पोट्स युटिलिटी भेहिकल (एसयुभी) कार हो । यो कारमा संसारकै सबैभन्दा पातलो ‘अल्ट्रा थीन’ ब्याट्रीको प्रयोग गरिएको छ । यसमा ११० एमएमको ब्याट्री प्रयोग गरिएको छ । यो सुरक्षित ब्याट्री समेत मानिन्छ ।
    गाडीमा इन्डिपेन्डेन्टट सस्पेन्सन छ । चारै चक्चामा इन्डिपेन्टेन्ड सस्पेसन दिइएको छ । यसले ड्राइलुक्स आकर्षक हुने गरी डिजाइन गरिएको छ ।एमजी फाईभको ४९.१ किलोवाट र ६२.२ किलोवाटका कारहरु नेपाली बजारमा उपलब्ध हुनेछ ।

    इन्ट्री लेभलमा ४९.१ किलोवाटको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यसक दुई भेरियन्ट नेपाली बजारमा पाइनेछ । यसमा जसले सिंगल चार्जमा ३४० किलोमिटर रेन्ज दिन्छ । अर्को भेरियन्ट ६२.२ किलोवाटको ब्याट्री छ । यसको एउटा मात्रै भेरियन्ट नेपाली बजारमा पाइनेछ । जसले ४३० किमीसम्म रेन्ज दिन्छ ।एमजी एस फाईभ ईभीले ७.१ सेकेण्डमै १०० किमी प्रतिघण्टाको स्पीड लिन सक्छ । यसको टपस्पीड १७५ किमी प्रतिघण्टासम्म छ ।

    ४६२ लिटरको बुट स्पेश छ । यो कारका प्रतिस्पर्धा बिवाईडी एट्टो थ्री, ओमोडा ई फाईभ, टाटा कर्भ ईभीसँग हुनेछ ।
    ४९.१ किलोवाटका दुई भेरियन्टको ४६.९९ लाख रुपैयाँ र ५२.९९ लाख रुपैयाँ पर्छ । ६२.२ किलोवाटको ५७.९९ लाख रुपैयाँ भन्सार मूल्य तोकिएको छ ।१२.८ इन्चको इन्फोटेन्मेन्ट टच स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सन रुफ , ३६० डिग्री क्यामेरालगायतका सुविधाहरु छन् ।

    ‘आफ्टर सेल सर्भिसमा कुनै गुनाँसो गर्ने ठाउँ दिदैनौं’

    कम्पनीले आफ्टर सेल्स सर्भिसमा कुनै गुनाँसो गर्ने ठाउँ नदिने दाबी गरेको छ । महाप्रबन्धक क्षेत्री अहिले ग्राहकको सेवालाई नै मध्यनजर गरेर कम्पनीले काम गरिरहेको बताउँन् । ‘पहिले केहि समस्या थिए होला । कुसुन्तीमा मात्रै सर्भिसिङ थियो । अहिले शुकेधारा निलो पुल,भक्तपुरमा पनि खुलिसकेको छ । लोड डिभाईड भएको छ । अहिले सहज सर्भिसिङ पाएका छन्,’ उनले भने, ‘दुई महिनामा कस्टुमरहरु खुसी हुने गरी काम गर्छौं । कसलै कतै स्पेयर पार्ट्स र सर्भिसिङ नपाएको गुनासो गर्नुपर्दैन ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend